१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्लेयस टु वाचः आन्द्रेज क्रामारिच (क्रोएसिया)

२०१८ को विश्वकपमा क्रोएसिया फाइनल पुग्दा आन्द्रेज क्रामारिचले ७ खेल पूरा गरे। एक गोल मात्र गरेका उनले मिडफिल्डलाई सम्हाल्दा क्रोएसियाले फ्रान्ससँग उपाधि प्रतिस्पर्धा गरेको थियो। नतिजा सुम्पिए पनि उत्कृष्ट खेल देखाउँदा उनीसँगै उनको टोलीलाई फुटबल दर्शकले धेरै प्रशंसा गरेका थिए।  

लुका मोड्रिच र आन्द्रेज क्रामारिचको उत्कृष्ट खेलले सबैको मन लोभ्याएको थियो। उनै आन्द्रेजले जापानविरुद्ध कतार विश्वकप २०२२ को आठमा प्रवेशको लक्ष्यसहित मिडफिल्ड सम्हाल्नेछन्। जारी विश्वकपमा आन्द्रेजले कुल तीन खेल खेल्दा दुई गोल गरेका छन्। यी खेलबाट उनले राम्रा खेलाडीको प्रभाव मैदानमा छाडेका छन्। उनको त्यो मिहिनेतले कठिन अवसरमा पनि विपक्षीको पोस्टमा गोल गर्न सक्छन् भनेर प्रस्ट्याएको छ। 

कतार विश्वकप छनोटमा उनले टोलीबाट ९ खेल खेलेका थिए। उक्त छनोटमा उनले २ गोल गर्दा दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। अघिल्लो संस्करणको छनोटमा पनि उनको प्रदर्शन तारिफयोग्य नै थियो। ११ खेल खेल्दा ३ गोल गरी दुई गोलका लागि अवसर मिलाएका थिए। २०१४ मा राष्ट्रिय टोलीमा परेका उनले साइप्रसविरुद्ध डेब्यु गरेका थिए। डेब्यु खेलमा उनले उपलब्ध गराएको पासमा मारियो मान्डुजिकले गोल गरेका थिए। त्यसयता राष्ट्रिय टोलीमा अटाउँदै आएका ३१ वर्षीय क्रामारिचले क्रोएसियाका लागि ७७ खेलबाट २२ गोल गरेका छन्।  

प्रकाशित: १९ मंसिर २०७९ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App