७ वैशाख २०८१ शुक्रबार

क्रोएसियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारी साधन ओहोर दोहोर

क्रोएसियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो। सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ। यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो। सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवत जावत गर्ने गर्दछन्।

विश्व कप फुटबलः आज ब्राजिल र दक्षिण कोरिया तथा जापान र क्रोएसिया बीच प्रतिस्पर्धा हुँदै

जारी विश्व कपमा जापान विश्व विजेता टोली जर्मनी र स्पेनलाई हराउँदै समूह जीमा विजेता बनेर अन्तिम १६ पुगेको हो ।

प्लेयस टु वाचः आन्द्रेज क्रामारिच (क्रोएसिया)

लुका मोड्रिच र आन्द्रेज क्रामारिचको उत्कृष्ट खेलले सबैको मन लोभ्याएको थियो। उनै आन्द्रेजले जापानविरुद्ध कतार विश्वकप २०२२ को आठमा प्रवेशको लक्ष्यसहित मिडफिल्ड सम्हाल्नेछन्।

समूह ‘एफ’ बाट अन्तिम १६ को यात्रा रोचक

क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।

क्रोएसियासँग विश्वविजेता स्तब्ध

सुरुको पाचौं मिनेटमा लुका मोडरिचले पेनाल्टीबाट गरेको गोल निर्णायक बनेपछि युइएफए नेसन्स लिगमा सोमबार क्रोएसियाले फ्रान्समाथि १–० को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा डेनमार्कले अस्ट्रियालाई २–० हराएको छ।

इतिहास बदल्ने क्रोएसियाको चाहना

पाउल पोग्बा, किलियन एम्बाप्पे र करिम बेन्जिमाको आक्रमण रोक्ने कार्य स्विट्जरल्यान्डको रक्षापंक्तिका लागि चुनौतीपूर्ण बन्न सक्छ।

युरो कप २०२०: क्रोएसिया नकआउट चरणमा

इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई बराबरीमा रोके पनि स्कटल्यान्डले समूहचरण भने पार गर्न सकेन। २३ वर्षपछि ठूला प्रतियोगिता खेलको स्कटल्यान्डले यादगार भने बनाउन सकेन। मोडरिचले क्रोएसियाका लागि उत्कृष्ट खेल खेल्दा स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कको टोलीलाई ठेस लागेको हो।

क्रोएसियाको पहिलो जित चाख्ने चाहना

समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा स्थान बनाउन चाहन्छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ।

क्रोएसियामा डिसेम्बरमा राष्ट्रपति चुनाव

क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। अर्को वर्ष संसद्को निर्वाचन हुनुअगावै हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परीक्षण गर्नेछ।

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन्।

जाग्रेभमा गाेली हानी एकै परिवारका ६ जनाको हत्या

क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

स्पेनमाथि क्रोएसियाको रोमाञ्चक जित, बेल्जियमको जितमा बात्शुयाई नायक

विश्वकप फुटबल २०१८ को साविक उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिगमा स्पेनलाई ३–२ गोलले पराजित गरेको छ। क्रोएसियाको घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा पाँचौं गोल दोस्रो हाफमा भएको थियो।

क्रोएसियाली टिमको भव्य स्वागत

अन्तर्राष्ट्रिय फुटबलको छोटो इतिहासमै विश्वकपको फाइलनमा स्थान बनाएको क्रोएसियाली टोलीलाई समर्थकले सोमबार राजधानी जागरेबबमा भव्य स्वागत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्