१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आयोजक कतार फिफा विश्वकपबाट बाहिरियो

सेनेगलसँग पराजित आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ।

शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो।

कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत बनेको छ। समूह (ए)मा रहेको कतार शुक्रबार नै सेनेगलसँग ३-१ ले पराजित भएको थियो।

कतारले २ खेलमा दुई हार बेहोर्दै अंक जोड्न सकेको छैन। एक खेल खेल्न बाँकी रहँदा कतार पुछारमा रहेको छ। यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: १० मंसिर २०७९ ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App