१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इरानमाथि इङ्ल्यान्डको गोलवर्षा

विश्वकप फुटबल २०२२

एसियाली राष्ट्र इरानमाथि ६-२ को फराकिलो जितसहित इङ्ल्यान्डले कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा समूह ‘बी’ को खेलमा इरानी खेलाडीले आफ्नो राष्ट्रमा भैरहेको सरकारविराधी प्रदर्शनको समर्थनमा राष्ट्रिय गान गाउन अस्वीकार गरेका थिए। लगातार ६ हारपछि कतार आइपुगेको इङ्ल्यान्डको लयलाई लिएर धेरै आलोचना भइरहँदा ज्युड बेलिङ्घम र बुकायो साकाको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले जित लय भेट्टाएको हो।

पहिलो हाफमा ३ गोल गरेको इङ्ल्यान्डले दोस्रो हाफमा ४ गोल थपेको थियो। इरानले २ गोल फर्काए पनि त्यो टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन। २०औं मिनेटमा पहिलो रोजाइका गोलकिपर अलिरेजा बेहेरानभान्ड घाइते हुँदै मैदानबाट बाहिरिएपछि इरानलाई धक्का लागेको थियो। अलिरेजा बल बचाउने क्रममा आफ्नौ खेलाडीसँग जुध्न पुगेका थिए। उनी घाइते भएसँगै खेल करिब १२ मिनेट रोकिएको थियो। उनको स्थानमा दोस्रो रोजाइका गोलकिपर सेहेद हुसैन हुसैनी मैदान प्रवेश गरेका थिए। ३५ औं मिनेटमा ज्युड बेलिङ्घमको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो। त्यसको नौ मिनेटपछि बुकायो साकाले गारेथ साउथगेटको टोलीको अग्रता दोब्बर पारेका थिए। सिनियर टोलीका लागि उनको यो पहिलो गोल हो।

इन्जुरी समयको पहिलो मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै इङ्ल्यान्डको अग्रता ३(० मा पुर्‍याएका थिए।

पहिलो हाफमै फराकिलो अग्रता लिएको इङ्ल्यान्डले दोस्रो हाफमा पनि सो लय कायमै राख्यो। ६२औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गरेसँगै इङ्ल्यान्डको अग्रता बढाएका थिए। ६५औं मिनेटमा इरानका तारेमीले गोल गर्दै गोलअन्तर कम गर्ने संकेत गरेका थिए। ७१औं मिनेटमा मार्कुस रासफोर्डले इङ्लिस टोलीको अग्रता ५-१ मा पुर्‍याएका थिए। इङ्ल्यान्डको गोललय खेलको अन्तिम मिनेटसम्म पनि रह्यो। ९०औं मिनेटमा ज्याक ग्रिलिसले इङ्ल्यान्डका लागि छैटौं गोल गरेका थिए।

इन्जुरी समयको १३औं मिनेटमा तारेमीले पेनाल्टीको सदुपयोग गदै इरानका लागि दोस्रो गोल गरेका थिए।

इङ्ल्यान्ड सन् १९६६ को विश्वकपछि पहिलो प्रमुख उपाधिको पर्खाइमा छ। इङ्ल्यान्डले शुक्रबार दोस्रो खेलमा अमेरिका र अन्तिम खेलमा नोभेम्बर २९ मा वेल्सको सामना गर्नेछ।

प्रकाशित: ६ मंसिर २०७९ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App