१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई पहिलो हाफमा ३–० को अग्रता

इङ्ल्यान्डले पहिलो हाफसम्म इरानविरुद्धको विश्वकप फुटबलको पहिलो खेलमा ३–० को अग्रता  लिएको छ।  

दोहाको अल बायात रंगशालामा बेलिङ्घमको गोलबाट इङ्ल्यान्डले ३५औं मिनेटमा अग्रता लिएको थियो।  

इङ्ग्ल्यान्डका लागि बुकायो साकाले खेलको ४३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। हिम स्ट्र्लिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमको अग्रता ३–० बनाए ।  उनले ह्यारी केनको क्रस पासमा गोल गरेका हुन् ।

समूह ‘बी’को अर्को खेलमा आजै राति १२ः४५ बजे अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ।  

त्यसअघि समूह ‘ए’अन्तर्गत राति ९ः४५ बजे सेनेगल र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।  

प्रकाशित: ५ मंसिर २०७९ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App