२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

१० ओभर: नेपालको स्कोर ६७/३, इनिङ्स उकास्दै आरिफ र दीपेन्द्र

आइसीसी टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले इनिङ्सको आधा समय सकिँदा ३ विकेट गुमाएर ६७ रन बनाएको छ।

सुरुवाती झड्कापछि लय समातेको नेपालले पावरप्लेको अन्त्यतिर र लगत्तै अर्को ओभरमा सेट भइसकेका ब्याटरहरू गुमाउँदा रन गतिमा केही कमी आएको छ।

४९ रनको स्कोरमा कप्तान रोहित पौडेल र आसिफ शेख आउट भएपछि अहिले मध्यक्रमका ब्याटरहरूले इनिङ्स सम्हालिरहेका छन्।

अहिले क्रिजमा आरिफ शेख र दीपेन्द्र सिंह ऐरी ब्याटिङ गरिरहेका छन्। आरिफले ११ बलमा १ चौका प्रहार गर्दै १४ रन बनाएका छन् भने दीपेन्द्र सिंह ऐरी ५ बलमा ४ रन बनाएर उनलाई साथ दिइरहेका छन्।

यी दुईबीच चौथो विकेटका लागि १८ रनको साझेदारी भइसकेको छ।

इटालीका बलरहरु बेन मनेन्टी र क्रिशन कालुगामेगेले कसिलो बलिङ गर्दै नेपाललाई दबाबमा राख्ने प्रयास गरिरहेका छन्।

प्रकाशित: २९ माघ २०८२ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App