फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। तालमा बेपत्ता भएका उनलाई खोजी गर्ने क्रममा प्रहरीले अचेत अवस्थामा फेला पारेको थियो।
युवक हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको २४ नम्बर गण कालिकाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको टोली परिचालन गरिएको थियो। उक्त टोलीमा विशेषज्ञ गोताखोर र उद्धार टोली सामेल थिए।
सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा बिहान साढे तीनबजे ती युवकलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरिएको थियो। अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारार्थ पठाइएकोमा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित: ७ जेष्ठ २०८३ १३:२६ बिहीबार





_-600x400.jpg)