१८ असार २०८३ बिहीबार
image/svg+xml
समाज

हेटौंडामा सुरक्षागार्डमाथि धारिलो ह’तियार प्रहार गर्ने युवक पक्राउ

हेटौंडामा एक सुरक्षागार्डलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका-१० रानीमहलस्थित जय गणेश वर्कसपका सुरक्षागार्डमाथि आक्रमण गर्ने स्थानीय ३३ वर्षीय सविन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

असार १६ गते राति करिब ११:५५ बजे वर्कसपमा कार्यरत नुवाकोट सूर्यगढी गाउँपालिका-१ का ३२ वर्षीय रोहित तामाङमाथि हेटौँडा-५ बस्ने नेपालीले कुटपिट गरी धारिलो हतियार ‘टाप’ प्रहार गरेका थिए। आक्रमणबाट तामाङ शरीरका विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका छन्।

घटनालगत्तै फरार भएका नेपालीलाई वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा असार १७ गते बिहान २:०० बजे उनकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो।

उनलाई आक्रमणमा प्रयोग गरिएको धारिलो हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका नेपालीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिइएको छ।

घटनाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १८ असार २०८३ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App