२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

गोली लागेर युवकको मृत्यु भएको आशंका

गोली लागेर एक युवकको मृत्यु भएको आशंका गरिएको छ । दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २८ वर्षीय निरज थारुलाई गोली लागेर आइतबार मृत्यु भएको आशंका गरिएको हो ।  

राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेस्टुरेन्टसंगै जोडिएको खरले छाएको घरमा बिहान साढे ८ बजे निरज अचेत अवस्थामा भेटिएका थिए । उपचारको लागि नेपालगञ्ज पुर्‍याउँदा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कविन्द्र सिंह बोहराले बताए ।  

‘रेस्टुरेन्टकी संचालक राम कुमारी थारुले खबर गरेपछि घटना स्थलमा प्रहरी पुगेको थियो,’ उनले भने, ‘मृतको दुवै कानको तल प्वाल देखिएको छ,पोष्टमार्टमपछि थप कुरा खुल्नेछ ।’  

सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको र फरार एक जनाको खोजी कार्य भईरहेको डिएसपी बोहराले जानकारी दिए ।

दाङ तुल्सीपुर नगरपालिका–६ का ५० वर्षीय महाबिर चौधरीले हाल राजापुर नगरपालिका–४ स्थित संचालन गरेको कुखुरा फर्ममा निरज थारुले काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २१ मंसिर २०८२ १९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App