२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु

ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी-रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका-३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  निराजन बस्नेतले जानकारी दिए।

ट्याक्टर र त्यसका चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई  नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २९ श्रावण २०८३ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App