रौतहटको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको निधन भएको छ।
दुर्गा भगवती गाउँपालिका-४ पचरुखी छतौना स्थायी घर भएका यादवको ‘ब्रेन हेमरेज’ का कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
यमुनामाई गाउँपालिका (झुनखुन्वा) मा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका यादव आफ्नो उत्कृष्ट कार्यक्षमता, सरल स्वभाव र मिलनसार व्यवहारका कारण कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय सेवाग्राहीमाझ लोकप्रिय थिए।
यादवको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, निजामती कर्मचारी तथा स्थानीय नागरिकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रकाशित: ८ भाद्र २०८३ २१:५१ सोमबार





