कालीकोटको पचालझना–६ घाटाचौर क्षेत्रमा सुख्खा पहिरो खस्दा कामदार पुरिएका छन् । कर्णाली करिडोर अन्तर्गत सुर्खेत–हुम्ला सडक सण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका –७ का प्रिर्थि बोहोरा पुरिएका हुन् ।
नेपाली सेनाले सडक निर्माण गरिरहेको घाटाचौर कर्णाली नदी किनार क्षेत्रमा काम गरिरहेका कामदार आइतबार दिउँसो करिब १ बजे डेराबाट निर्माण स्थलमा तेल बोकेर जानेक्रममा माथिबाट खसेको सुख्ख पहिरोमा परी पुरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
घटनापछि थिर्पु प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरेपनि पहिरो नरोकिएकाले उद्धार गर्न नसकिएको स्थानीयको भनाई छ ।
कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोला सम्मको ११.०५ किलोमिटर चट्टानी भाग छिचोल्ने काम नेपाली सेनाले गरिरहेको छ। त्यसमध्ये ६.४८५ किलोमिटर ट्र्याक खन्ने काम भइसकेको छ।
प्रकाशित: ११ मंसिर २०८२ १६:०३ बिहीबार





