१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

ड्रिलिङ गर्ने क्रममा ढुंगाले लागेर मजदुरको मृ’त्यु

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वडा नं ४ मा निमार्णाधिन पालुङ हाइड्रोपावरमा कार्यरत एक मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका वडा नं ४ तेम्बाका २३ वर्षीय मन्दीप साँवा लिम्बू रहेका छन्।

ड्रिलिङको काम गर्ने क्रममा माथिबाट झरेको ढुंगा लागी घाइते भएका लिम्बूलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी)कमल बजगाईँले जानकारी दिए।

लिम्बूको शव ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

अहिले हाइड्रोका प्रतिनिधि र मृतकका आफन्त तथा स्थानीयबिच ताप्लेजुङ जिल्ला अस्पतालमा छलफल भइरहेको छ।

मृतकका आफन्तले हाइड्रोले उपचार तथा उद्धारमा ढिलाइ गरेको आरोप लगाएका छन्।

मेरिङदेन गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मनोज तुम्बाहाम्फे, स्थानीय नेत्र नेपाली,सुकराज साँवासहित छलफलमा रहेका छन्।

हाइड्रो पावर कम्पनीका तर्फबाट सम्झना थापा क्षेत्रीले घटना लगत्तै उपचार तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र नेपाली सेनासँग समन्वय गरी हेलिकोप्टरको प्रबन्धका लागि पहल भए पनि उनलाई बचाउन नसकिएको भन्दै दुःख व्यक्त गरेकी छन्।

प्रकाशित: १३ आश्विन २०८३ १७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App