११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

वीरगञ्जमा मुख्य सडक विस्तारको काम सुरु

वीरगञ्जमा लामो समयदेखि रोकिएको मुख्य सडक विस्तारको काम सुरु भएको छ। 

त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ-बायाँ २५-२५ मिटर विस्तार सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ। 

प्रशासनका अनुसार सडकको मध्य भागबाट २५ मिटरभित्र पर्ने घरटहरा र अन्य संरचना हटाउने काम सुरु भएको हो। सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम अघि बढाइएको छ। 

यसअघि मुआब्जा र वैकल्पिक सडकको माग गर्दै करिब १२०० घरधनीले दिएको रिटमा सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि झन्डै १३ वर्षदेखि रोकिएको परियोजना अघि बढेको हो।  

यसैबीच पूर्व मन्त्री अजय कु. चौरसियाले कम्तिमा पनि १०-१५ दिनको समय दिएर संरचना हटाउनुपर्ने बताएका छन्। उनले एक्कासी संरचना भत्काउन थालेकोमा आपत्ति जनाउँदै समय दिँदा पनि अटेर गरेको भए बल प्रयोग गर्नु उचित हुने तर्क गरे।  

प्रकाशित: ६ वैशाख २०८३ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App