२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने

विराटनगरमा बैशाख २१ गते महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले बिहीबार पत्रकार सम्मेलन गरी महिला नेतृत्व सम्मेलन आयोजना गर्नै लागेको जानकारी दिएको हो ।  

महिला उद्यम समितिकी संयोजक रचना राठीले महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइन्  ।  

सम्मेलन आयोजक समितिकी संयोजक गिरिजा सारडाले स्थानिय, प्रदेश र संघ सरकारसँग मिलेर परिसंले महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन र सहयोग गर्ने जानकारी दिइन् । सम्मेलनमा कोशी प्रदेशका विभिन्न जिल्लाका ३ सय भन्दा बढी महिला उद्यमीहरू सहभागि हुने सारडाले बताइन् । सम्मेलनमा  महिला उद्यमीहरूका प्रेरणादायी सफलताका कथा प्रस्तुती, नवप्रबद्र्धनकर्ता सम्बन्धी छलफल, स्वदेशी उत्पादनहरूको प्रदर्शनीलगायतका कार्यक्रमहरू राखिएका छन् । 

प्रकाशित: १७ वैशाख २०८३ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App