८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

घरबाट हराएको ९ दिनपछि खोल्सामा मृत भेटिइन् दिलमाया

सांकेतिक तस्बिर

तेह्रथुमस्थित म्याङलुङ नगरपालिका–९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू शुक्रबार मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए।

सम्पर्कविहीन भएदेखि परिवार, आफन्त, छरछिमेक र प्रहरीले दिलमायाको खोजी कार्यजारी राखेका थिए। सो क्रममा बुधबार बिहान म्याङलुङ–९ स्थित कोप्चे र पाटीगाउँको सिमानामा पर्ने खोल्सामा लिम्बूको शव भेटिएको श्रीमान् धनबहादुर तुम्बाहाङ्फे लिम्बूले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए। रासस

प्रकाशित: २५ वैशाख २०८३ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App