८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंमाथि अनुसन्धान पूरा गर्न म्याद थप

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि जारी अनुसन्धानमा सर्वोच्च अदालतले दोस्रो पटक म्याद थप गर्न आदेश दिएको छ। अदालतले अनुसन्धानको निष्कर्षसहित मुद्दा अगाडि बढाउने वा नचलाउने निर्णय लिन निर्देशन दिएको छ।

सर्वोच्च अदालतमा प्रसाईंको तर्फबाट दर्ता गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सुनुवाइ गर्दै परमादेश जारी गरेको हो।

यसअघि, जिल्ला प्रहरी कार्यालय पर्साले उनीविरुद्ध बिहीबार ४ दिनको म्याद थप गरेको थियो। पर्सा प्रहरीले सोमबार म्याद सकिने जानकारी दिएको छ। अदालतको आदेश अनुसार, उक्त म्यादभित्र अनुसन्धान पूरा गरी निर्णय भएन भने प्रसाईंलाई थुनामुक्त गरिनुपर्ने व्यवस्था राखिएको छ।

प्रसाईंलाई पर्साबाट पक्राउ गरी हाल पर्सा प्रहरी हिरासतमा राखिएको छ।

अदालतको आदेश

 

प्रकाशित: ८ जेष्ठ २०८३ १९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App