काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सडकमा बा प्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।
प्रकाशित: २५ फाल्गुन २०८२ १८:२७ सोमबार





