३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु

रोल्पाको सुनिलस्मृति गाउँपालिकामा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो परेको चट्याङबाट सुनिलस्मृति गाउँपालिका-७, तेवाङ भैसीपुरे निवासी २४ वर्षीया कृष्णा पुनको ज्यान गएको हो।

बाहिर मौसम खराब भएकाले उनी आफ्नै घरमै बसिरहेकी थिइन्। सुरक्षित रूपमा घरमै रहेका बेला अचानक चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०८२ १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App