२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट ‘मर्निङ वाक’ गएकी महिलाको मृत्यु

जंगली हात्ती : फाइल तस्बिर

जंगली हात्तीको आक्रमणमा परि घाइते भएकी झापाको दमक नगरपालिका–१ की महिलाको मृत्यु भएको छ।

यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४:३० बजे ‘मर्निङ वाक’ मा जाँदै गर्दा  जंगली हात्तीको आक्रमणमा परि घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।  

बिहान करिब ४:१५ बजे सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो। 

प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो। घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३० श्रावण २०८२ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App