दैलेखको दूल्लु नगरपालिका–३ का गोविन्द बुढा २२ वर्षका भए । जन्मजात पूर्ण अशक्त शारीरिक अपाङ्गता भएका कारण प्रशासन कार्यालय पुगेर नागरिकता प्राप्त गर्न पनि सकेका थिएनन् । नागरिकता नहुँदा उनले पाउनुपर्ने सरकारी सुविधाबाट बञ्चित थिए ।
‘नागरिकता भइदिएको भए स्वास्थ्य विमा बन्थ्यो,’ आमा गंगा बुढाले भनिन्, ‘विमा भए निःशुल्क छोराले उपचार पाउँथ्यो, अपाङ्ता परिचयपत्र बन्थ्यो, सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँथ्यो ।’ पूर्ण अशक्त शारीरिक अपाङ्गता भएकाले गोविन्द प्रशासनसम्म पुग्नु सकेनन् ।
गोविन्दको परिवारमा पाँच सदस्य छन् । कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारसमेत सम्भव हुन सकेको थिएन् । जन्मैदेखि ओछ्यानमै थलिएका बुढाका लागि नागरिकता केवल कागजको टुक्रा मात्र थिएन्, त्यो उनको पहिचान, अधिकार र सहज उपचार गराउने माध्यम पनि थियो ।
उनै बुढालाई इलाका प्रशासन कार्यालय दल्लूले घरमै पुगेर नागरिकता प्रदान ग¥यो । इलाका प्रशासन कार्यालय दुल्लूका शाखा अधिकृत अर्जुनबहादुर मल्लले जन्मजात ओछ्यानमै थलिएका बुढालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । प्रशासनका अनुसार सोसेक नेपालका प्रतिनिधिहरुको सहयोगमा उनलाई नागरिकता प्रदान गरिएको हो । ‘नागरिकता पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो,’ उनले भने, ‘प्रशासनसम्म पुग्न नसक्ने नागरिकसम्म सेवा पु¥याउनु हाम्रो दायित्व हो, सोसेक नेपालको सहजीकरणले हामीलाई उनको घरसम्म पुग्ने अवस्था पु¥यायो ।’
.jpg)
सोसेकद्वारा सञ्चालित ‘हातेमालो परियोजना’ अन्तर्गत ‘नारीका मूल अपाङ्गता स्वावलम्बन समूह’को सक्रियतामा इलाका प्रशासन कार्यालय दुल्लूको टोली गोविन्दको घरमा पुग्यो र उनलाई नागरिकता प्रदान ग¥यो ।
समूहकी सामुदायिक सहजकर्ता भगवती भण्डारी आफूहरुको १५ जनाको समूह मध्ये सबैले नागरिकता प्राप्त गरेपनि गोविन्दले मात्रै नागरिकता प्राप्त गर्न सकेका थिएनन् । ‘हाम्रो १५ जनाको समूहमा अरु सबैको नागरिकता बनिसकेको थियो, तर गोविन्दको मात्र बाँकी थियो,’ उनले भनिन्, ‘उहाँलाई कार्यालयसम्म लैजान सम्भव नभएपछि हामीले प्रशासनसँग समन्वय ग¥यौँ, उहाँहरु घरमै आउनुभयो र नागरिकता दिनुभयो ।’
समूहमार्फत समस्या पहिचान भएपछि वडा र प्रशासनसँग सहकार्य गरेर समाधान निकालिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । ‘अब नागरिकता बनेपछि स्वास्थ्य बीमा र उपचारको बाटो खुलेको छ,’ उनले भने, ‘राज्यबाट पाउने सेवा सहज हुनेछ ।’ वडाध्यक्ष कुलबहादुर कार्कीले वडाभित्र रहेका अन्य अशक्त नागरिकहरूलाई पनि घरमै सेवा पु¥याउने लक्ष्य राखिएको बताए ।
प्रकाशित: १९ चैत्र २०८२ १६:४७ बिहीबार


-600x400-wm.jpg)


