१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

विवाहको बाजाले निम्त्यायो विवाद : रौतहटमा कर्फ्यु जारी

दुई समुदायबिच झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको छ। 

रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिन बेलुकी करिब चार दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर सहमति गरेका थिए।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिवार बिहानदेखि विवाद सुरु भई झडप भएको थियो। झडप हुँदा ६जना घाइते भएका छन्।

उता प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन्। प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेको रौतहट जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुप्रदीप बस्यालले बताए।

प्रकाशित: ९ फाल्गुन २०८२ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App