१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

घस्रँदै तालेश्वरनाथ महादेव मन्दिरमा जलार्पण

 तिथि अनुसार साउनको अन्तिम सोमबार तौलिहवा स्थित प्राचिन तौलेश्वर महादेव मन्दिरमा  सयौँ श्रद्धालुहरूले घस्रँदै जलार्पण गरेका छन् । 

बाणागंगानको रामघाट नदीमा स्नान गरी ४ किलो मिटरको कठिन यात्रा तय गरेर जलार्पण गरेका हुन ।  प्राचीन भागिरथी रामघाट (बाणगंगा) नदीमा स्नान गरी घस्रँदै र लडीबुडी खेल्दै तालेश्वर नाथ मन्दिरमा पुगेको थिए । जलापर्ण यात्राका लागि भक्तजनहरु आइतबार राति नै भक्तजनहरु नदीमा पुगेका थिए । 

सोमवार बिहान स्नान गरी शरीरमा जल बाँधेर ५ देखि १० घण्टाको लामो यात्रा तय गरी उनीहरुले मन्दिरमा जल बिर्सजन गरेका थिए । साउन महिना शिवको प्रिय महिनाका रुपमा रहेको पण्डितहरू बताउँछन् ्। सयौँका संख्यामा  युवा युवतीहरु महिला, पुरुष घस्रँदै जलपर्ण यात्रामा सरिक भएको तालेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए । भागीरथी नदीमा स्नान गरी ९ घन्टा घस्रँदै तालेश्वर नाथ मन्दिरमा पुगेकी कपिलवस्तु नगरपालिका १ गौढी टोलकी खुश्बु गुप्ताले आफ्नो र पारिवारिक सुखका लागि यो पुन्य कार्य गरेको बताए । ‘ भालेनाथको आर्शिवादले सबै राम्रो हुन्छ ’ उनले भनिन । 

आइतबार मध्यरातमा  नदीमा स्नान गरी घस्रँदै साढे ९ बजे उनी मन्दिरमा पुगेकी थिइन । उनीसँगै भारतकी शोहरतगढकी खुसी कान्दु र बुटवलकी नेहा कान्दु समेतसँगै घस्रँदै मन्दिरमा जलर्पणका लागि पुगेका थिए । यशोधरा गाउँपालिका ९ शिहोखोरमा सन्तोष यादव राति २ बजे बाणगंगाको रामघाट नदीमा स्नान गरी उनी मन्दिरमा ९ बजे बिहान पुगेका थिए । ‘ भोले बावाले मेरो मनोकामना अवश्य पुरा गर्नुहुने छ, उहाँले जे मागे पनि पुरा गर्नुहुन्छ । ’ उनले भने । साउनमा महिनामा पार्वतीले शिवको उपासनी गरे पछि शिवसँग विवाह भएको बताइन्छ । 

घस्रँदै जलापर्ण गर्नाले महादेव खुसी हुने तथा मनाेकांक्षा समेत पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ । आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरी उनीहरुले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए। तिथि अनुसारको अन्तिम साेमबार तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको थियो ।  

प्रकाशित: १९ श्रावण २०८२ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App