इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ।
नदीको तटीय क्षेत्र र डुबान भइरहने होचो स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत आग्रह गरेको छ। विभागले नदी किनारको क्षेत्रमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ।
त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोला, मदन भण्डारी राजमार्गको जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ। नदी तटीय क्षेत्र र डुबान भइरहने होचो स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत सचेत गराएको छ। रासस
प्रकाशित: २८ श्रावण २०८२ ०६:४३ बुधबार





