२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

यसरी मनाइयो भक्तपुरमा विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरको आयोजनामा बिहीबार पदयात्रा गरिएको छ।

धिमे बाजा, ब्यानर र प्ले कार्ड समेतको याली केन्द्रबाट सुरु भएको थियो। त्यहाँबाट नपुखु हुँदै भक्तपुर दरवार स्क्वायर-साकोठा-टौमढी-पोटरी स्क्वायर-नासमना-बंशगोपाल-तेखापुखु - भार्वाचो-भक्तपुर मिनि बस पार्क हुँदै पुनः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा आई सम्पन्न भएको थियो।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले मिर्गौला रोगबाट बचाउन सरकारले गरिरहेका विभिन्न कामहरुबारे चर्चा गरिन्। मन्त्री शर्माले आफू स्वास्थ्य सचिव हुँदा यस केन्द्रको परिकल्पना गरेको कुरा स्मरण गदै राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गरिन्।

स्वास्थ्य क्षेत्रको विकास र बिरामीको उपचारमा अस्पतालहरुले गरेको सेवा सर्वसाधारणको सहज उपलब्धता हुनुपर्ने बताउँदै उनले केन्द्रको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन पहल गर्ने बताइन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशिष्ट व्यक्तित्वहरु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य अस्पतालबाट आएका प्रत्यारोपण क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरु, विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु, अङ्ग फेल भएका बिरामी तथा प्रत्यारोपित लगायत अन्य सर्वसाधारण सहित करीब ६०० जनाको सहभागीता रहेको थियो।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले मृगौला उपचारको क्षेत्रमा यो केन्द्र देशकै नमुना केन्द्रको रुपमा स्थापित भई हाल सम्म १५८६ जनाको मिर्गौला, ३६ जनाको कलेजो र दैनिक १५० को हाराहारीमा डाइलाइसिस सेवा उपलब्ध हुने गरेको जानकारी गराइन्।

उनले केन्द्र अत्यन्त साँघुरो स्थानबाट सञ्चालन हुँदा केन्द्रको सेवा विस्तार गर्न यथासक्दो केन्द्रलाई उचित स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध गरिन्।

मानव अंग प्रत्यारोपण विकास समतिकिा अध्यक्ष डा. केशर बहादुर ढकालले यस केन्द्रलाई विशिष्टीकृत केन्द्रको रुपमा विस्तार गर्न आफुले सक्दो सहयोग गर्ने बताए।

कार्यक्रममा विभिन्न अतिथिहरुले यस्ता प्रकारका जनचेतनमूलक कार्यक्रमले मिर्गौला रोगको बारेमा सर्वसाधारणमा प्रभावकारी भूमिका निर्वाह गर्ने र केन्द्रको उन्नती र प्रगतिमा साथ र सहयोग पुर्‍याउने बताए।

अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन्, उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने कार्यमा साथै अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित उक्त कार्यक्रम समापन गरिएको थियो।

विश्व मिर्गौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ। एक अध्ययनका अनुसार प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मिर्गौला रोगको प्रकोप वढिरहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिन्छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App