४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

नयाँ युवाको आवाज स्वागतयोग्य, विवेकपूर्ण निर्णय अपरिहार्य : उपप्रमुख थापा

नयाँ पुस्ताको आवाज सकारात्मक र स्वागतयोग्य भएको कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले बताएकी छन्। तर परिवर्तनको नाममा आवेगभन्दा विवेकलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्।

नागरिक अभियानद्वारा आयोजित ‘म नागरिक, म बनाउँछु नेपाल’ कार्यक्रममा बोल्दै उपप्रमुख थापाले सुशासनप्रति युवाको बढ्दो मागलाई राम्रो संकेतका रूपमा व्याख्या गरिन्। 'नयाँ युवाको आवाज राम्रो छ, त्यो आवश्यक पनि हो,' उनले भनिन्, 'तर निर्णय गर्दा भावनाभन्दा विवेकले काम गर्नुपर्छ।'

उनले लोकतन्त्रमा जनता नै जनार्दन भएको उल्लेख गर्दै नागरिक नै राज्यको मूल शक्ति भएको बताइन्। 'जनता जनार्दन हुन्, नागरिक नै राज्य हुन्,' उपप्रमुख थापाको भनाइ थियो।

तर उनले नयाँ विकल्प खोज्दा पुराना राजनीतिक दलका सकारात्मक पक्ष र भिजनलाई पूर्ण रूपमा नकार्न नहुने धारणा राखिन्। 'पुराना पार्टीका राम्रा भिजन र योगदानलाई बिर्सन हुँदैन,' उनले भनिन्

प्रकाशित: २५ माघ २०८२ १९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App