६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बिपी राजमार्गमा १५ गतेसम्म सवारी सञ्चालन गर्न नपाइने

काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले बिपी राजमार्गमा रातको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाएको छ। 

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काभ्रेभन्ज्याङदेखि सिन्धुलीतर्फ जाने सार्वजनिक र निजी सवारीमा रातको समयमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार मनसुन अझै सक्रिय रहेकाले रातको समयमा भदौ १५ गतेसम्म सवारी सञ्चालनमा रोक लगाइएको बताए।

गत असोजमा रोसीखोलामा आएको बाढीले बिपी राजमार्गको काभ्रेभन्ज्याङदेखि कटुन्जेबेँसीसम्म क्षति पुगेको थियो। कटुन्जेदेखि सिन्धुलीको बोक्सीकुनासम्मको २९ किलोमिटर सडक पूर्ण रूपमा बिग्रिएको थियो। 

रोशीखोला र खहरेखोलामा वर्षासँगै बाढी, लेदो र गेग्रानले राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेपछि प्रशासनले रातमा सवारी रोक लगाएको हो।

प्रकाशित: ३१ श्रावण २०८२ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App