७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बरामद विभिन्न खालका पटाका नष्ट

लुकाई छिपाई ताप्लेजुङ सदुरमुकाम फुङलिङ ल्याउन लागेको बिष्फोटक पदार्थ पटका ताप्लेजुङ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बिर्तामोडबाट ताप्लेजुङतर्फ आउँदै गरेको मे१ज१३८८ नम्बरको सुमो गाडीलाई पाथीभरा याङवरक गाउँपालिका वडा नं १ मेवाखा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बिभिन्न प्रकृतिका पटका फेला परेपछि जफत गरी नष्ट गरिएको हो ।  

बस्नेतका अनुसार जफत गरिएको लसुने पटका एकसय थान,खोसार्ने पटका दुईसय प्याकेट र अन्य विविध प्रकारको पकटा २० प्याकेट नष्ट गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयले यसअघि नै देखि आगलागी सहितका जोखिमको कारण पटका, भुइँचम्पा, आतिषबाजीसहितका बिष्फोटक पदार्थको बिक्री, प्रयोग र ओसारपसार नगर्न नगराउन आग्रह गर्दै आइरहेको छ । 

पटकाजन्य बिष्फोटक पदार्थ लुकिछिपी भित्रने आशंकामा प्रहरीले चेकजाँचमा कडाई गर्न थालेको छ भने पटकाको बिक्री तथा प्रयोग हुन नदिन आइतबारबाटै सुक्ष्म अनुगमनको कार्य थालिसकेको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले जानकारी दिए । 

प्रकाशित: २ कार्तिक २०८२ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App