३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

नगरपालिकाले सूचना प्रकाशित गरी उर्लाबारी नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयहरू अतिरिक्त क्रियाकलाप गर्ने गरी आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको हो।

सूचनामा असार १ गते देखि लागू हुने गरी आइतबार पनि विद्यालय सञ्चालन गर्ने उल्लेख छ । सरकारले शनिबार र आइतबार विद्यालय बिदा दिने निर्णय गरेको भए पनि दुई दिनको बिदाले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा कमी आएको सूचनामा जनाइएको छ।

यस्तै हप्तामा दुई दिनको बिदाले विद्यार्थीहरूमा मोवाइल टिभीलगायतका डिजिटल सामाग्रीको अत्यधिक प्रयोग बढ्न गई मानसिक रूपमा नकारात्मक प्रभाव पर्न गएको गुनासो आएका कारण अतिरिक्त क्रियाकलापका लागि आइतबार पनि विद्यालय सञ्चालन गर्ने नगर कार्यपालिकाले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App