इलामको देउमाई खोलाको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।
विभागले इलामको देउमाई खोला आङ्गदाङ्ग जलमापन केन्द्रमा जलसतह सतर्ककता तह पार गरेको तथा बढ्दो क्रममा रहेको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले सतर्कता अपनाउन आग्रह गरेको छ।
यसअघि विभागले धनकुटाको त्रिवेणी र मछुवाघाट जलमापन केन्द्रमा भारी वर्षा मापन भएको जनाएको थियो। विभागले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने हुँदा कमजोर र भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो।
प्रकाशित: ४ श्रावण २०८२ ०६:५४ आइतबार





