नेकपा एमालेको जनसभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । काठमाडौंको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यी स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहमोडबाट डाइभर्सन गरिएको छ ।
एमालेको र्याली भइरहेकाले टुडिखेल वरिपरि भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभावित भएको छ ।
सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
काठमाडौंको माइतीघरचोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सामाखुसीचोकमा र चावहिलचोकमा पनि मानिसहरू भेला भएकोले सवारी आवागमन प्रभावित भएको छ ।
प्रकाशित: ६ मंसिर २०८२ १४:२३ शनिबार





