१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

उज्यालो नेपालका उम्मेदवारको समर्थन एमालेका ढकाललाई

मोरङ क्षेत्र नं ६ का उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन्।  

आइतबार बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै उनले एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गरेका हुन्।  

मोरङ क्षेत्र नं ६ को समग्र विकासका लागि आफूले ढकाललाई समर्थन गरेको बुढाथोकीले बताए। उनले नागरिकसँग भने, ‘यस क्षेत्रको विकास हाम्रो साझा लक्ष भएकाले मोरङ ६ मा राम्रो नेतृत्व आउनुपर्छ भन्ने सोचकासाथ  एमालेका उम्मेदवार ढकाललाई समर्थन गर्ने निर्णय गरेको हुँ।’ 

उनले आफ्ना समर्थकहरूलाई पनि एमाले उम्मेदवार ढकाललाई मतदान गर्न आग्रह गरे।

प्रकाशित: १७ फाल्गुन २०८२ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App