११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बाढीमा बगेर दुई युवकको मृत्यु

फाइल।

दुई दिनअघि रसुवा सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव मंगलबार फेला परेको छ।

ताप्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो।

गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो। शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ भाद्र २०८२ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App