२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

रोल्पामा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु

पहिरो गएको स्थान । तस्बिर सौजन्य ईन्द्र गुरुङ<br>

रोल्पाको सुनछहरी गाउँपालिका १ सेरममा पहिरोले पुरिएर गोठाला गएका दुई महिलाको मृत्यु भएको छ । स्थानियले प्रहरीलाई पशुचौपाया सहि दुई जनाको मृत्यु भएको खबर गरेका थिए ।  

पहिरोको खबर पाए पछि खटिएको प्रहरीले १ जनालाई घाईते अबस्थामा उद्धार गरेको छ ।  घटनास्थल पुगेका सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले घटनाको पुष्टी गर्दै दुई जनाको मृत्यु बताए ।  

उनले थप एक जना घाईते भएको र केही पशु चौपाया मरेको समेत जानकारी दिए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ९ श्रावण २०८३ १७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App