९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

जेनजी युवामाथि कुटपिट गरेको आरोपमा सिमराका दुई वडाध्यक्ष पक्राउ

बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन्। दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

हिजो सिमरामा भएको विवादका क्रममा जेनजी युवालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए।

यो पनि पढ्नुहोस्

बाराको सिमरा पुनः अशान्त

प्रकाशित: ४ मंसिर २०८२ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App