९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

बाराको सिमरा पुनः अशान्त

क्याप्शन

बाराको सिमरा विमानस्थल नजिक बुधबार  नेकपा एमालेका  कार्यकर्ता र जेन –जी समूहबिच भएको झडपका कारण बिहीबार पनि  सिमरा अशान्त बनेको छ। बुधबार नेकपा एमालेका नेता महेश बस्नेत सिमराजाने खबरसगैं जेन–जी  समूह र एमालेका कार्यकर्ता बिच बुधबार झडप भएको थियो ।      

झडप भएपछि स्थिति नियन्त्रणको लागी  जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो कर्फ्यु जारी गरेको थियो। बिहीबार  कर्फ्यु हटाएसगैं झडप पुन सुरु भएको हो। यसैबिच बाराको सिमरामा जेन–जी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन्। दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रकाशित: ४ मंसिर २०८२ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App