२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीमा गएराति भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा जिल्ला प्रशासन कार्यालय इनरुवामा कार्यरत इनरुवा वडा नं. ३ का ३५ वर्षे सागर रेग्मी र सोही ठाउँका २९ वर्षीय पारस थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। प्रहरी टोलीले दुवै घाइतेलाई उद्धार गरी  उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाएको थियो।

उपचारका क्रममा दुवैको मृत्यु भएको हो।

प्रकाशित: २८ भाद्र २०८३ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App