१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सिन्धुली र कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु

सिन्धुली र कैलालीमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

शनिबार र शुक्रबार भएका यी दुर्घटनामा परेर एक इन्टरनेट प्राविधिक र एक विद्युत कामदारको ज्यान गएको हो।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ आलडाँडामा शनिबार दिउँसो करेन्ट लागेर ४२ वर्षीय रामलाल श्रेष्ठको मृत्यु भएको छ।

तिनपाटन गाउँपालिका-२ कदमे घर भई हाल कमलामाई नगरपालिका-४ ढुंग्रेबासमा बस्दै आएका श्रेष्ठ बिजुलीको पोलमा चढेर इन्टरनेट मर्मत गरिरहेका थिए।

सोही क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीमा शुक्रबार दिउँसो करेन्ट लागेर २० वर्षीय बिमल चौधरीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-१९ फूलबारी बस्ने चौधरी बिजुलीको पोलमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App