१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

उदयपुरमा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।

उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको आज साँझ खोलाले बगाउँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सार्कीलाई नेपालटार बजारबाट घर जाँदै गर्दा वैजनाथ खोलाले बगाएर मृत्यु भएको हो। खोला तर्ने क्रममा सार्कीलाई बगाएपछि ५०० मिटर तल शव भेटिएको छ।

त्यसैगरी आजै त्रियुगा नगरपालिका–३ चाँप बगरटोलका २४ वर्षीया रमिला राईको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ। दसैँका लागि घर लिप्न गेरुवाई खोलामा माटो खन्ने क्रममा राईलाई ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ६ आश्विन २०८२ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App