११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

धनकुटामा बस दुर्घटना, दुई जनाको मृत्यु

धनकुटामा बुधबार दिउँसो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

धनकुटा नगरपालिका-३ निगालेस्थित सडक खण्डमा विराटनगरबाट जीतपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी महालक्ष्मी नगरपालिका-६ की ५५ वर्षीया गंगा कार्की र सोही नगरपालिका-७ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य ६ जना यात्रुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: २९ आश्विन २०८२ १७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App