२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

तस्बिर : सानेबहादुर नेपाली/रासस

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा बुधबार बिहान एक ट्रक दुर्घटना भएको छ। 

ना५ख ९२४३ नम्बरको गुडिरहेको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना लगतै स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा उद्धार कार्य गरिएको थियो।

उक्त दुर्घटनामा परी ट्रकका चालक र सहचालक दुवै जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेहरूमा बारा जिल्लाको निजगढ नगरपालिका-९ बस्ने २८ वर्षीय चालक यमकुमार नेपाली र २४ वर्षीय सहचालक सुजन परियार रहेका छन्।

प्रहरीका अनुसार घाइते दुवै जनाको अवस्था अहिले मध्यम रहेको छ र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App