१० मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट दुई जना घाइते

बाजुरामा बाघको आक्रमणमा परेर दुई महिला घाइते भएका छन्।

जिल्लाको बुढीगङ्गा नगरपालिका–१० सिगाडा बस्ने अन्दाजी ५५ वर्षीय खन्टी साउद र अन्दाजी ३५ वर्षीय वसु साउद घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटकाअनुसार आज बिहान ९ः०० बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो।

उनका अनुसार बाघको आक्रमणबाट दुवैको हात र खुट्टामा चोट लागेको छ। अवस्था सामान्य रहेको छ।

बाघको आक्रमणपश्चात् प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी घाइते दुवै जनालाई उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १० मंसिर २०८३ १६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App