प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छन्।
गौतमको वरीयता बढेसँगै यसअघि तेस्रोदेखि छैटौँ स्थानसम्म रहेका चार मन्त्रीको मर्यादाक्रम पछाडि परेको छ।
नयाँ व्यवस्थाअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन्।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार मन्त्रिपरिषद्का अन्य सदस्यहरूको वरीयतामा भने कुनै परिवर्तन गरिएको छैन।
१७ सदस्यीय मन्त्रिपरिषद्मा गरिएको यो फेरबदलसँगै सोविता गौतम तेस्रो वरीयतामा पुगेकी छन् भने चार मन्त्री एक–एक स्थान तल झरेका छन्।

प्रकाशित: १० मंसिर २०८३ १६:३७ बिहीबार





