१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

गोरखामा मनकामना जाँदै गरेको जीप दुर्घटना

तस्बिर: विकल्प अर्याल

गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो।

दुर्घटनामा जीपका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका-३ सिजलटारका २४ वर्षीय सुजन घलान र भारतीय नागरिक १८ वर्षीय अरविनकुमार साह घाइते भएका छन्।

गम्भीर घाइते साहलाई उपचारका लागि चितवनको मौलाकाली अस्पताल लगिएको छ भने चालक घलानको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०८३ २१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App