१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

कालिकोटको खाँडाचक्र नगरपालिका-२ मेयर खोला नजिकै एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जुम्लाको हिमा गाउँपालिकादेखि सुर्खेत जाँदै गरेको हिमा गाउँपालिकाको क.प्र.०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालिकोटको मेयर खोला नजिकै बुधबार राति ८ बजेतिर दुर्घटना भएको हो।

दुर्घटनामा हिमा गाउँपालिकाका एम्बुलेन्स चालक वर्ष २६ का शक्ति शाही र सोही पालिकाका वर्ष ३२ का भीमराज अधिकारीको मृत्यु भएको प्रहरी प्रमुख नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए। घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन्।

बिरामी लिएर सुर्खेत जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ। एम्बुलेन्समा चालकसहित ४ जना सवार थिए। घाइते दुई जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार हुँदै छ।

प्रकाशित: २६ चैत्र २०८२ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App