१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

टेम्पोमाथि रुख खस्दा दुईजना मृत्यु, चारजना घाइते

महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज १ घ ४८५० नम्बरको टेम्पूमाथि रुख खस्दा दुईजना घटना स्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । शनिबार साँझ हावाहुरीका कारण बाटो छेउमा रहेको सपेताको रुख टेम्पूमाथि झरेका छन् ।  

मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० बस्ने   ४१ वर्षीय र सकुन्तला देवी महोत्तरीकै एकडारा गाउँपालिका-३ बस्ने ३३ वर्षीय राहुल मलिक रहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीको प्रहरी प्रबक्ता तथा डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।  

घाइते हुनेहरूमा टेम्पू चालक जलेश्वर नगरपालिका-११ का ५२ वर्षीय हरेन्द्र ठाकुर,एकडारा गाउँपालिका-३ की ३३ वर्षीया फेकनी देवी मलिक, जनकपुरधाम उपमहानगरपालिका-१२ बस्ने १७ वर्षीय धिरज मलिक र जनकपुरधाम-२० सकुन्तला देवीकी  १४वर्षीय छोरी रिया पण्डित रहेकी महोत्तरी प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था गम्भीर रहेको छ । उनीहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भैरहेको छ । मृतक शव त्यहीँ अस्पतालमा राखिएको छ ।

प्रकाशित: ५ वैशाख २०८३ २१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App