१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

१४ लाख नगदसहित दुई जना पक्राउ

पर्सा प्रहरीले १४ लाखभन्दा बढी नगदसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२ घुसुकपुर इदगाह चोकमा विशेष सूचनाको आधारमा दुई जनालाई १४ लाख १३ हजार ५०० नगदसहित पक्राउ गरेको हो। 

बिहीबार दिउँसो साढे चार बजेतिर भारतीय नम्बर प्लेट बिआर०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार संजय कुमार साह र शनि कुमार ठाकुरलाई रोकेर खानतलासी गर्दा मोटरसाइकलको फल्स सिलिङमा लुकाइएको १० लाख र चार लाख १३ हजार ५०० बरामद भएको थियो। 

पक्राउ परेका दुवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।  

प्रकाशित: ६ भाद्र २०८२ १६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App