१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका-१२ भैसाहीमा बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बिहिबार राति ८ः२० बजे हुलाकी सडकखण्डको भित्री सडकमा उक्त घटना भएको हो।

बाँसगढी नगरपालिका–९ निवासी ४६ वर्षीय रामप्रसाद थारुले चलाएको लु १ ख ५७४७ नम्बरको ट्रक काठ लोड गरी नेपालगञ्जतर्फ जाँदै थियो। बाटोमा गाडीले छुन सक्ने बिजुलीको तार देखिएपछि ट्रकका सहचालक बाँसगढी नगरपालिका–९ निवासी ३० वर्षीय पुरन थारु ट्रकमाथि चढेर तार पन्छाउने प्रयास गरेका थिए।

सोही क्रममा बिजुलीको तारमा छुन पुगेपछि उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका थारुलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रेशम बोहराले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०८३ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App