त्रिशूली ‘थ्री-ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि वर्षाका बाबजुद पनि कामलाई निरन्तरता दिइने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं ऊर्जा विज्ञ श्रीराम न्यौपानेले प्रतिकूल मौसमका बीच पनि उद्धार कार्य नरोकिने जानकारी दिएका हुन्।
उनका अनुसार आज दिनभर लगातार वर्षा भइरहे पनि रातको समयमा ३ वटा एक्साभेटर प्रयोग गरेर बिना रोकावट काम अगाडि बढाउने योजना तयार गरिएको छ।
सुरुङभित्रको लेदो र अवरोध हटाएर पावरहाउससम्म पुग्ने प्रयासस्वरूप उपकरण र प्राविधिक जनशक्तिलाई पूर्ण रूपमा परिचालन गरिएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १९:४६ बुधबार





