१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

आज निजामती दिवस

सांकेतिक तस्बिर

सरकारले आइतबार स्थायी सरकार भनेर चिनिएका करिब ६८ हजार निजामती कर्मचारीलाई सम्बोधन गर्दै निजामती दिवस मनाउन लागेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार यसपटक निजामती दिवसको नारा ‘व्यावसायिक र सिर्जनशील निजामती प्रशासन’ राखिएको छ। निजामती सेवासम्बन्धी कानुन पहिलोपटक जारी भएको दिन २०१२ भदौ २२ लाई सम्झना गर्दै निजामती कर्मचारीले निजामती दिवस मनाउन लागेको हुन्।

पराजुलीका अनुसार यसपटक मनाउन लागिएको निजामती दिवस २२औं हो। २१ वर्षदेखि निजामती दिवस मनाउन लागिएको हो। निजामती सेवा दिवस मनाउन मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ।

उक्त समितिको मातहतमा विभिन्न उपसमिति गठन भएका छन्। ती उपसमितिले आइतबार स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तरक्रिया, झाँकी प्रदर्शनी, र्‍याली, दीपावली जस्ता विभिन्न कार्यक्रम गरी भव्य रूपमा निजामती दिवस मनाउन लागेका हुन्।

निजामती दिवसको दिन सरकारले एकजना सर्वोत्कृष्ट कर्मचारी, १० जना कर्मचारीलाई उत्कृष्ट निजामती पुरस्कार तथा ३० जना कर्मचारीलाई निजामती पुरस्कार दिँदै आएको छ। मुख्य सचिवको अध्यक्षतामा बस्ने निजामती पुरस्कार सिफारिस समितिले निजामती पुरस्कार पाउने कर्मचारीको नाम सिफारिस गर्ने गरेको छ।

प्रकाशित: २२ भाद्र २०८२ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App